‘परीक्षा पे चर्चा’ मा बन्यो नया रेकर्ड, 03 करोड़भन्दा बढ़ी पंजीकरण
परीक्षा


नयाँ दिल्ली, 31 दिसम्बर (हि.स.)। प्रधानमन्त्री नरेन्द्र मोदीको प्रमुख पहल परीक्षा पे चर्चा (पीपीसी) ले नयाँ रेकर्ड कायम गरेको छ। 30 दिसम्बर 2025 सम्ममा विद्यार्थी, अभिभावक र शिक्षकहरूबाट 3 करोड़भन्दा बढ़ी पंजीकरण दर्ता भएको छ।

शिक्षा मन्त्रालयले बुधवार यहाँ जारी गरेको एक विज्ञप्तिमा भनेको छ, परीक्षा पे चर्चा को नवौं संस्करण जनवरी 2026 मा आयोजना हुनेछ। मन्त्रालय अनुसार, ठूलो संख्यामा पंजीकरणले कार्यक्रमको बढ्दो लोकप्रियतालाई प्रतिबिम्बित गर्दछ र विद्यार्थीहरूको मानसिक स्वास्थ्य समस्याहरूलाई सम्बोधन गर्न यसको सफलतालाई रेखांकित गर्दछ। कार्यक्रमले परीक्षाप्रति सकारात्मक र आत्मविश्वासी दृष्टिकोणलाई बढ़ावा दिन्छ।

मन्त्रालयले भनेको छ, यस्तो व्यापक सहभागिताले परीक्षा पे चर्चा अब एक वास्तविक जनआन्दोलन बनेको छ, जसले देशभरिका विद्यार्थी र शिक्षकहरूसँग गहिरो रूपमा जोडिएको छ भनी प्रमाणित गर्दछ।

परीक्षा पे चर्चा 2026 को लागि अनलाइन पंजीकरण 1 दिसम्बर 2025 देखि मायगव पोर्टलमा शुरू भएको थियो। शिक्षा मन्त्रालय अन्तर्गत स्कूल शिक्षा एवं साक्षरता विभागद्वारा प्रतिवर्ष आयोजना गरिने यो कार्यक्रम समयसँगै सिक्ने र संवादको बहुप्रतिक्षित प्लेटफर्म बनेको छ, जसले विद्यार्थी, अभिभावक र शिक्षकहरूलाई साझा प्लेटफर्ममा एकसाथ ल्याउँछ।

हिन्दुस्थान समाचार / भवानी थामी


 rajesh pande