वाल्मिकी तिर्थ स्थलको दिल्लीकी मुख्यमन्त्रीले गरिन् दर्शन
वाल्मिकी तिर्थ स्थलको दिल्लीकी मुख्यमन्त्रीले गरिन् दर्शन


नयाँ दिल्ली, 8 दिसम्बर (हि.स.)। दिल्लीकी मुख्यमन्त्री रेखा गुप्ताले सोमवार पञ्जाबको अमृतसरस्थित श्रीराम तिर्थ (भगवान वाल्मिकी तिर्थस्थल)- को दर्शन गरिन्। यस अवधि दिल्ली सरकारका मन्त्रीहरू क्रमैले प्रवेश साहिब सिंह, मनजिन्दर सिंह सिरसा, आशिष सूद, कपिल मिश्रा औ रविन्द्र इन्द्राज पनि उपस्थित थिए।

मुख्यमन्त्रीले एक्समा पोस्ट गर्दै भनिन्, यो त्यहीँ प्राचीन स्थल हो जहाँ महार्षि वाल्मिकीको आश्रम अवस्थित थियो अनि यहीँ लव-कुशको जन्म भएको थियो। भारतीय सभ्यता, साहित्य औ आदर्शको लागि यो धरा अत्यन्त महत्वपूर्ण छ। उनले भनिन्, अमृतसरले भारतलाई हरमन्दिर साहिबको आध्यात्मिक परम्परा दिएको छ भने अर्कोतिर राम तिर्थ हाम्रो इतिहास, साहित्य अनि धर्म-संस्कारको प्रतीक हो।

मुख्यमन्त्रीले भनिन्, अमृतसर सनातन आस्था, सिख परम्परा औ सांस्कृतिक विरासतको सहज संगम हो। यो शहरले देशलाई स्मरण गराउँछ, हाम्रो विरासत भिन्न छैन, साझा र समन्वयकारी छ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande