अनित थापाले कालेबुङ नगरपालिकामा अमृत 2.0 को आधारशिला राखे
अनित थापा- कालेबुङ नगरपालिका


कालेबुङ, 8 दिसम्बर (हि.स.)। जीटीएका मुख्य कार्यपाल अनित थापाले आज कालेबुङ नगरपालिका अन्तर्गत 23 वटा वार्डका वासिन्दाहरुलाई पिउने पानी आपूर्ति गर्न अमृत 2.0 को आधारशिला राखेका छन्। अमृत 2.0 कालेबुङको अनुमानित लागत रु 196.56 करोडको रहेको छ। यसमा केन्द्रको 50%, राज्यको 45% अनि नगरपालिकाको 5% अंश रहने बताइएको छ।

यो परियोजना 30 महिनाभित्र पूर्ण हुने लक्ष्य राखिएको छ। योजना अनुसार, टिस्टा नदीको (भालू खोला) पानीलाई मल्ली नजिक भालू खोलामा सङ्ग्रह गरिनेछ। त्यसपछि त्यो सङ्ग्रह गरिएको पानीलाई डम्पिङ ग्राउण्ड, महाकाल डाँडा हुँदै डेलोमा रहेको लेकमा संग्रह गरेर नगरपालीकाका 23 वटा वार्डहरूमा मिटर जडित पाइपमार्फत वितरण गरिनेछ।

यस अवसरमा कालेबुङवासीलाई जीटीए प्रमुख अनित थापाले बधाई दिए। उनले भने, आज प्रमाणित भयो कि मैले रवि प्रधानलाई रोजेर कालेबुङ नगरपालीकाको नेतृत्व दिनु सही निर्णय थिएछ। तपाईहरुले भनेको जस्तो नगरपालिका अध्यक्ष पाउनु भएको छ। उहाँलाई नगुमाउनु होस्।'

उनले अघि भने, 'कालेबुङलाई माया गर्नु हुन्छ भने रवि भाइलाई अझ दश वर्ष कुर्सीमा राख्नुपर्छ। रवि भाइलाई सम्पूर्ण कालेबुङले सम्मान जनाउनुपर्छ। उहाँको नेतृत्वमा कालेबुङमा ऐतिहासिक कार्य भएको छ।'

हिन्दुस्थान समाचार / हनोक


 rajesh pande