
सिलगढ़ी, 08 दिसम्बर (हि.स.)। नक्सलबाड़ी एशियन हाईवे-2 सड़कमा ड्रग्स डीलिङको योजना विफल पारेर पुलिसले 124 ग्राम ब्राउन शुगरको साथ दुई ड्रग तस्करलाई पक्राउ गरेको छ। पक्रा परेका तस्करहरूको पहिचान माधव छेत्री र अजय मण्डलको रूपमा गरिएको छ।
सूत्रहरू अनुसार, आइतवार अबेर राति नक्सलबाड़ीको रथखोला क्षेत्र निकट होटल नजिक सुनसान ठाउँमा लागूऔषध साटासाट हुने तयारी भइरहेको थियो। गुप्त सूचनाको आधारमा नक्सलबारी थाना पुलिसले उक्त ठाउँमा छापा मारेर दुई युवकलाई पक्राउ गऱ्यो। खानतलाशी गर्दा उनीहरूदेखि 124 ग्राम ब्राउन शुगर जफत भयो। यसपछि दुवैलाई एनडीपीएस एक्ट अन्तर्गत पक्राउ गरी थाना लगियो। पुलिस सूत्रहरू अनुसार, दूधगेटको माधव क्षेत्री लागूऔषध बेच्ने उद्देश्यले बाइकमा अजय मण्डलकहाँ आएको थियो। दुवै जना लामो समयदेखि यो लागूऔषध कारोबारमा संलग्न रहेको बताइएको छ। नक्सलबारी थाना पुलिसले अग्रिम कारबाही शुरु गरेको छ।
हिन्दुस्थान समाचार / भवानी थामी