
सिलगढ़ी, 08 दिसम्बर (हि. स.)। गोवाको एक नाइट क्लबमा भएको ग्यास सिलेण्डर विस्फोटमा बोगडोगराका युवक सुभाष छेत्री (24)-को मृत्यु भयो। गए आइतवार अबेर राती भएको यस दुर्घटनामा 25 जना मानिसहरूले ज्यान गुमाएका छन्। मृतकहरूमा बागडोगराको बानुरछाट क्षेत्र निवासी सुभाष छेत्री पनि सामेल छन्।
जानकारी अनुसार दुई वर्ष अगाड़ि शेफको नोकरीको सिलसिलामा गोवा गएका सुभाष उक्त नाइट क्लबमा कार्यरत् थिए। घटना हुँदा तिनी ड्यूटीमा तैनाथ थिए जसले गर्दा तिनी गम्भीर रूपमा घाइते भए। पछि उपचारको क्रममा उनको मृत्यु भयो। दुर्घटना भएको खबर सुन्नसाथ सुभाषको परिवारमा गहिरो शोक व्याप्त भयो। उनकी आमा माया छेत्री तथा परिवार यस दुःखदायी घटनाले व्याकुल भएका छन्। परिवारको भनाइ छ, सुभाष नै घरको एकमात्र सहारा थिए।
सुभाषकी बहिनी उर्मिला छेत्रीले नाइट क्लब प्रबन्धनमाथि गम्भीर आरोप लगाएकी छन्। उनले भनिन्, क्लबमा पर्याप्त अग्नि सुरक्षा व्यवस्था थिएन जसकारण यस्तो ठूलो क्षति भएको छ। उर्मिलाले सम्बन्धित प्रशासनमाथि पनि लापरवाही गरेको आरोप लगाएकी छन्। परिवारले घटनाको निष्पक्ष जाँच गरी दोषीहरूविरूद्ध कारबाही गर्ने माग गरेको छ।
------
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा