
औरैया, 08 दिसम्बर (हि.स.)। उत्तर प्रदेशको औरैया जिल्लाको इटावा-कानपुर राष्ट्रिय राजमार्गमा रहेको भाऊपुरको मामा होटल नजिकै भएको सड़क दुर्घटनामा उत्तर प्रदेश पुलिसका सिपाही शिवम सिंहकी पत्नी शिवी राजावत (24) को दुःखद मृत्यु भयो। आज बिहान लगभग 11 बजी सिपाही र उनकी पत्नी बुलेट मोटरसाइकलमा औरैया कोतवाली क्षेत्रको चिरुहुली स्थित आफ्नो गाउँबाट ड्यूटीका निम्ति कानपुर फर्किरहेको समय यो दुर्घटना भयो।
जब दम्पती मामा होटल नजिक पुगे, पछाड़ीबाट आएको तीव्र गतिको कन्टेनरले उनीहरूको बुलेटलाई ठक्कर दियो। ठक्कर यति भीषण थियो कि शिवी राजावतको घटनास्थलमै मृत्यु भयो भने सिपाही शिवम सिंहलाई सामान्य चोट लाग्यो।
दुर्घटनापछि घटनास्थलमा खैलाबैला मच्चियो। सूचना पाउने बित्तिकै पुलिसले पुगेर उद्धार कार्य शुरू गऱ्यो। सीओ सिटी अशोक कुमारले कन्टेनर चालकलाई हिरासतमा लिइएको बताए। मृतकाको शवलाई पोस्टमार्टमको लागि पठाइएको छ। उनले यस विषयमा आवश्यक कानूनी कारबाही भइरहेको बताए।
हिन्दुस्थान समाचार / भवानी थामी