
कोलकाता, 08 दिसम्बर (हि. स.)। ब्रिगेड मैदानमा आइतवार आयोजित ‘पाँच लाख कण्ठमा गीता पाठ’ कार्यक्रममा मुख्यमन्त्री ममता ब्यानर्जीलाई पनि आमन्त्रित गरिएको थियो। तर उनी सामेल नभएकोमा विपक्षले प्रश्न उठाएको थियो। सोमवार उत्तर बंगाल तर्फ प्रस्थान हुनअघि ममता ब्यनर्जीले यसमाथि स्पष्ट जवाफ दिइन्। उनले भनिन्, यो कार्यक्रम यदि निष्पक्ष भएको भए आवश्य जानेथिएँ, तर भाजपा प्रत्यक्ष रूपमा उपस्थित रहेको कार्यक्रममा जानु सम्भव छैन।
ममता ब्यानर्जीले भनिन्, उनी सबै धर्म तथा सबै समुदायलाई सम्ममान गर्दछन्, तर उनको आफ्नो राजनीतिक विचारधारा छ र त्यसै आधारमा उनले कहाँ जानु उचित हो-कहाँ उचित होइन भन्ने कुरा निश्चित गर्दछन्। उनको भनाइ थियो, ब्रिगेडको कार्यक्रम पूर्ण रूपले भाजपाको प्रभावमा भएको थियो, त्यसैले समारोहमा उनको उपस्थिति उचित हुँदैनथ्यो।
गए आइतवार कार्यक्रममा साधु-सन्तहरू सहित ठूलो संख्यामा आम मानिसहरूको सहभागिता रहेको थियो। मञ्च र मैदानमा राज्यपाल सहित भाजपाका शीर्ष नेताहरू उपस्थित थिए। तथापि दलको झण्डा कतै पनि नलगाइएको भए पनि मैदानका विभिन्न भागहरूमा पार्टी नेताहरूको उपस्थिति स्पष्ट देखिँदैथ्यो। राज्य अध्यक्ष शमिक भट्टचार्य, विधानसभामा विरोधी दलका नेता शुभेन्दु अधिकारी, केन्द्रिय राज्यमन्त्री सुकान्त मजुमदार औ दिलीप घोष सहित केही नेताहरू उपस्थित थिए।
अर्कोतिर निलम्बित विधायक हुमायुँ कबीरले जसरी बाबरी मस्जिदलाई लिएर विवादित बयान दिरहेका छन्, त्यस माहोलबीच केही राजनीतिक पर्यवेक्षकहरूको मान्यता छ, ब्रिगेडको यो मञ्च हिन्दू एकतालाई सशक्त देखाउने भाजपाको प्रयासको एक भाग थियो।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा