
सोनभद्र, 08 दिसम्बर (हि.स.)। लागूपदार्थ कफ सिरप मामिलामा जिल्लाको विशेष अनुसन्धान टोली (एसआईटी) ले दुई वर्षमा 425 करोड रुपियाँको संदिग्ध वित्तीय कारोबार गरिएको पाएको छ, जसमध्ये 30 ब्याङ्क खाता र 60 लाख रूपियाँको धनराशि फ्रिज गरिएको छ। पुलिस अधीक्षक अभिषेक वर्माले सोमवार बताए, एसआईटीले लागूपदार्थ कफ सिरपको अवैध व्यापारसँग सम्बन्धित रोबर्ट्सगंज थानामा दर्ता भएको मुद्दाको अनुसन्धान गरिरहेको छ।
अनुसन्धानको क्रममा, एसआईटीले विगत दुई वर्षमा शैली ट्रेडर्सको खाताबाट लगभग 425 करोड रुपियाँको शंकास्पद वित्तीय कारोबार गरिएको पाएको छ। यस अवैध कारोबारमा लिप्त सोनभद्र जिल्लाको माँ कृपा मेडिकल स्टोर र शिविक्षा फर्म, भदोही जिल्लाको दिलीप मेडिकल एजेन्सी, आयुष इन्टरप्राइजेज र राजेन्द्र एण्ड सन्स ड्रग एजेन्सी र सबै फर्महरूका भवन स्वामीलाई पनि नोटिस जारी गरिएको छ।
एसपीले भने, अनुसन्धानमा शैली ट्रेडर्सको खातामा ठूला वित्तीय लेनदेनहरू पत्ता लागेपछि, फर्मका चार्टर्ड एकाउन्टेन्ट विष्णु अग्रवाललाई 10 दिसम्बरसम्म सबै वित्तीय लेनदेन, लेजर, जीएसटी र यससित सम्बन्धित सबै अभिलेख बुझाउने निर्देशन दिइएको छ। सोनभद्र पुलिसको एसआईटीले सम्पूर्ण अवैध र नशालु कफ सिरप नेटवर्कको गहन अनुसन्धान जारी राखेको छ तथा अवैध व्यापारमा संलग्न अन्य व्यक्ति र फर्महरूको पनि पहिचान भइरहेको छ।
हिन्दुस्थान समाचार / भवानी थामी