तृणमूल महासचिवको बोर्ड टाँसिएको स्कर्पियोबाट हतियार जफत, पुलिसको व्यापक कारबाही
तृणमूल महासचिवको बोर्ड टाँसिएको स्कर्पियोबाट हतियार जफत, पुलिसको व्यापक कारबाही


खड़गपुर, 8 दिसम्बर (हि.स.)। खड़गपुर टाउन थाना पुलिसको छापामारीमा अतुलमनी हाई स्कूल सामुबाट एकजना युवकलाई देशी बन्दुक र कारतूससितै पक्राउ गरिएपछि सम्पूर्ण क्षेत्रमा कोकोहोलो मचिएको छ। अचम्भको कुरा के छ भने युवक सवार वाहन (स्कर्पियो)-मा तृणमूल कंग्रेसको युवा तृणमूल महासचिवको बोर्ड टाँसिएको थियो।

सोमवार साँझ एसडीपीओ धीरज ठाकुरले बताए, गए आइतवार अबेर साँझ गुप्त सूचनाको आधारमा पुलिसले आक्समिक अभियान संचालन गऱ्यो। मालांचस्थित अतुलमोनी स्कूल निकट खड़ा एउटा सेतो रंगको स्कर्पियोको जाँच गर्दा सीट मुनि पोइन्ट-30 क्यालिबर (8 मिमी)-को लंग बटम नेक लाइभ राउण्ड तथा एउटा देशी बन्दुक भेटियो। उनले भने, हतियारलाई सीज गरिएको छ। आरोपीको नाम खुलासा गर्न अस्वीकार गर्दै उनले भने, “अदालतबाट रिमाण्ड प्राप्त भएपछि थाहा लाग्नेछ कि हतियार लिएर उ कहाँ र किन गइरहेको थियो।”

सूत्र मुताविक वाहन हाँक्ने युवकको पहिचान सुभाष ठाकुरको रूपमा भएको छ जसले लामो समयदेखिकै युवा तृणमूलका महासचिवको पदनाम प्रयोग गर्दै आइरहेको छ साथै उसलाई स्थानीय तृणमूल नेताहरूसित उनीहरूको मञ्चमा देखिन्छ।

तथापि तृणमूल कंग्रेसले उक्त युवकसित कुनै प्रकारको सम्बन्ध नरहेको स्पष्ट पारेको छ। पार्टी नेतृत्वको भनाइ छ, “उ संगठनको कुनै पनि दायित्वमा छैन। पार्टीसित उसको कुनै सम्बन्ध छैन। उ पार्टीको बोर्ड टाँसेर कसरी घुम्थ्यो, त्सको हामीसित कुनै प्रमाण छैन।”युवकलाई सोमवार अदालतमा पेश गरियो जहाँबाट उसलाई पुलिस हिरासतमा पठाइयो।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande