बीजीपीएम खरसाङ टाउन कमिटीको सभा सम्पन्न, पदोन्नति पाएकाहरुलाई नियुक्ति पत्र वितरण
पदोन्नति पाएकाहरुलाई नियुक्ति पत्र वितरण


खरसाङ, 8 दिसम्बर (हि.स.)। भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चा (बीजीपीएम) खरसाङ टाउन कमिटीको तत्वावधानमा आज एक सभा टाउन कमिटीका सभापति राजु शर्माको अध्यक्षता सम्पन्न भयो। सभामा बीजीपीएम केन्द्रिय अध्यक्ष अनित थापाको परामर्श र अनुमोदनद्वारा खरसाङ टाउन कमिटीको कार्यकारिणी सदस्यहरूलाई पदोन्नति साथै आधिकारिक रूपमा नियुक्ति पत्र हस्तान्तरण गरिएको छ।

सभामा अनुमोदन गरिएका सदस्यहरूलाई महकुमा समिति सभापति सुभाष प्रधान, सचिव प्रणाम रसाईली, सभासद श्याम शेर्पा, महकुमा नारी शक्ति सभापति सबिता कार्की, टाउन कमिटीका सभापति राजु शर्मा, टाउन कमिटी नारी शक्ति सभापति देवकी प्रधान सुब्बा आदिले खदा लगाएर नियुक्ति पत्र प्रदान गरे।

पदोन्नति पाएका उपाध्यक्षहरू सञ्जय मुखिया, रन्जन गजमेर, सन्तोष परी,सह-सचिवद्वय विकास तामङ र रमोद गुरूङ, सांगठनिक सचिव सन्नी तामङ, कोषाध्यक्ष राजेन प्रधान, प्रचार प्रसार सचिवद्वय सञ्जय राउत र रबि तोलाङी, सल्लाहकारहरू शरद प्रधान,भोला रावत, महेन्द्र दर्नाल,सोनाम भोटिया, निपेन तामाङ अनि तीसजना कार्यकारिणी सदस्यहरू थिए।

यस पूर्णाङ्क कमिटीले अब उप्रान्त प्रत्येक वार्डमा सांगठनिक ढांचालाई सुदृढ़ बनाउने निर्णय गरेको छ। यसका साथै, वार्ड नम्बर 8 बाट गणेश प्रधान, वार्ड नम्बर 1 बाट बिजय रावत अनि वार्ड नम्बर 2 बाट नबिन बरदेवा बीजीपीएममा सामेल भएको बताइएको छ।

हिन्दुस्थान समाचार / हनोक


 rajesh pande