मुख्यमन्त्रीले विधायक कला राईलाई जन्मदिनको बधाई दिए
विधायक कला राई


गान्तोक, 8 दिसम्बर (हि.स.)। मुख्यमन्त्री प्रेमसिंह तामाङले विधायक कला राईलाई जन्मदिनको बधाई दिएका छन्।

मुख्यमन्त्रीले आज सामाजिक सञ्जाल फेसबुक पोस्टमा अप्पर बुर्तुक निर्वाचन क्षेत्रकी विधायक कला राईलाई जन्मदिनको बधाई दिएका छन्। मुख्यमन्त्रीले भने, 'ईश्वरले उहॉंलाई खुशी, सुस्वास्थ्य र नयॉं शक्तिको आशीर्वाद प्रदान गरुन् ताकि उहॉंले जनताको सेवामा आफ्नो काम जारी राख्न सकुन्।'

हिन्दुस्थान समाचार / बिशाल


 rajesh pande