सिटोङमा सिन्कोना श्रमिकहरुलाई लिएर दुई दिवसीय श्रमिक मेला शुरु
सिटोङमा सिन्कोना श्रमिकहरुलाई लिएर दुई दिवसीय श्रमिक मेला शुरु


खरसाङ, 8 दिसम्बर (हि.स.)। खरसाङ खण्ड अन्तर्गत सिटोङमा दुई दिवसीय श्रमिक मेलाम शुरु भएको छ। सिटोङ सरकारी सिन्कोना बगानका श्रमिकहरुको आयोजनामा सिटोङ तीनको चुच्चे ढुङ्गा खेल मैदानमा दुई दिवसीय सिन्कोना श्रमिक मेलाको शुरु भएको छ।

यस अवसरमा सिन्कोना बगानका निर्देशक सामुएल राई प्रमुख अतिथिको रुपमा उपस्थित थिए। मेलाको देखरेख व्यस्थापिका तिथी दत्तको अगुवाईमा भएको थियो। दिप प्रज्वलनपछि कार्यक्रमको शुभारम्भ भएको थियो भने व्यवस्थापक तिथि दत्तले स्वागत मन्तव्य राखे।

यसै अवसरमा कफी खेतीमाथि कार्यशालाको पनि आयोजना गरियो। सिन्कोना बगानका निर्देशक सामुएल राईले विभिन्न विषयमा सुझाउमूलक वक्तव्य राखेका थिए। यस श्रमिक मेलामा विभिन्न सिन्कोना बगानहरुबाट स्टलहरु पनि राखिएका छन्। भोलि 9 दिसम्बरमा मेलाको समापन विविध कार्यक्रमको साथमा हुने भएको छ। यस अवसरमा सिन्कोना बगानका उत्कृष्ट श्रमिकहरुलाई सम्मान जनाइने जानकारी प्राप्त भएको छ।

हिन्दुस्थान समाचार / हनोक


 rajesh pande