बिहारबाट गाँजा लिएर सिरसामा बेच्न गइरहेका दुई तस्कर पक्राउ
mother-daughter-arrest


सिरसा, 6 मार्च (हि.स.)। जिल्ला पुलिसले भावदीन टोल प्लाजा क्षेत्रबाट दुईजना गाँजा तस्करहरूलाई पक्राउ गरी उनीहरूको कब्जाबाट 20 किलो 870 ग्राम गाँजा जफ्त गरेको छ।

बिहिवार पुलिस अधीक्षक विक्रान्त भूषणले बताए, सीआईए ऐलनाबाद पुलिस टीमले पेट्रोलिंग अवधि महत्वपूर्ण सूचनाको आधारमा कारबाही गर्दै भावदीन टोल प्लाजा डिंग क्षेत्रबाट दुईजना युवकहरूलाई 20 किलो 870 ग्राम गाँजा सहित समातेको छ। यी आरोपीहरूको पहिचान शिशुपाल सिंह पुत्र बाबू राम एवं राज निवासी इटावा उत्तर प्रदेशको रुपमा भएको छ।

पुलिस अधीक्षक विक्रान्त भूषणले अझ बताए, प्रारम्भिक जाँचमा युवकहरूले बताए कि उक्त गाँजालाई उनीहरूले बिहारदेखि लिएर आएका थिए जसलाई सिरसा, डिंग लगायत वरिपरीका क्षेत्रहरूमा सप्लाई गर्ने योजना थियो। उनले बताए, पक्रा पर्ने दुवै युवकविरूद्ध थाना डिंगमा मादक पदार्थ अधिनियम अन्तर्गत अभियोग दर्ता गरी जाँच शुरू गरिएको छ।

आरोपीहरूलाई अदालतमा पेश गरी हिरासतमा लिइनेछ अनि हिरासत अवधि गाँजा तस्करीको यस नेटवर्कसित जोड़िएका अन्यको बारेमा पत्तो लगाइनेछ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande