व्हाट्सएपमा आएको लिंकबाट डाक्टर भए 62.80 लाखको ठगीको शिकार 
व्हाट्सएपमा आएको लिंकबाट डाक्टर भए 62.80 लाखको ठगीको शिकार


जोधपुर, 05 फरवरी (हि.स.)। शहरका एकजना डाक्टर ठगीको शिकार भए। ठगले व्हाट्सएपमा पठाएको लिंकको माध्यमबाट उनलाई ट्रेडिंगमा निवेश गर्ने बहानामा 62.80 लाख रुपियाँ ठग्यो। पीड़ित डाक्टरले भगत की कोठी थानामा रिपोर्ट दिएका छन्।

कृष्णा नगर पाली रोड भगत की कोठी निवासी डाक्टर तेजपाल, पुत्र अमरसिंह फिडौदाले रिपोर्ट दर्ता गराए। जसमा बताइएको छ, उनलाई व्हाट्सएपमा इस्किया टप नामक ऐप ज्वोइन गर्ने लिंक पठाएको थियो। त्यस लिंकमा क्लिक गरेर उनले ग्रुप ज्वोइन गरे जुन ग्रुपमा पाँचवटा मोबाइल नम्बर एड गरिएको थियो। त्यहाँ उनको च्याट मुख्य रूपमा निहारिका तिवारी र सौरभ जैनसित हुन्थ्यो। उनको एक स्ट्याण्डर्ड चार्टड वेल्थ ग्रुप बनिएको थियो जसमा उनले सबै जानकारी दिने गर्दथे।

उनीहरूले मलाई भने, मेरो पैसालाई उनीहरूले आफ्नो कम्पनीद्वारा इन्स्टीट्युशनल एकाउण्टमा जमा गर्नेछन् अनि शेयर मार्केटमा इन्भेस्ट गरेर अधिक मुनाफा दिनेछन्। साथै चार महिनाको मुनाफा दिलाउनेछन्। उनले डीमेट अकाउण्टमा ट्रेडिंगको लागि अस्वीकार गरे अनि आफ्नो मोबाइल फोन एवं ओटीसी र आईपीसीओमा इन्स्टीट्युशन ट्रेडिंग खोलिदिए। त्यसपछि ओटीसी एवं आईपीओ तथा इन्स्टीट्यूशनल ट्रेडिंगमा पैसा लगाउन थाले।

उनीहरूले मबाट केही खाताहरूमा पैसा ट्रान्सफर गराए। अब मेरो पैसा फ्रीज गरिदिएको छ साथै पैसा निकाल्नको लागि थप पैसा जमा गराउने दबाव दिरहेका छन्। ठगहरूले आफूलाई स्ट्याण्डर्ड चार्टड ब्यांकका स्ट्याण्डर्ड चार्टड वेल्थ फण्डसित सम्बन्धित बताउँथे। आरोपीहरूले यो लिंक गत 3 जनवरीको पठाए अनि साताभरि नै ठगीको शिकार बनाउँदै 62.80 लाख रुपियाँ ठगे।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande