पहलगाम आतङ्की हमलाको निम्ति भारत सरकारलाई दोषी ठहराउने व्यक्ति नाम्चीमा पक्राउ
mother-daughter-arrest


गान्तोक, 29 अप्रेल (हि.स.)। जम्मू कश्मीरको पहलगाममा हालैमा भएको आतङ्कवादी हमलाको निम्ति आपत्तिजनक टिप्पणी गरेकोमा पुलिसले नाम्चीका एक व्यक्तिलाई पक्राउ गरेको छ। पक्रा परेका व्यक्तिले सामाजिक सञ्जाल फेसबुकमा एउटा भिडियो अपलोड गरेका छन्, जसमा उनले पहलगाममा भएको आतङ्कवादी हमलाको निम्ति भारत सरकारलाई दोषी ठहराएका छन्। उनले भिडियोमा भारतीय सेना र देशको सुरक्षा बलको अपमान पनि गरेका छन्। नाम्ची पुलिसले आरोपी व्यक्तिलाई पक्राउ गरेर छानबिन शुरू गरेको छ।

पुलिस रिपोर्टमा उल्लेख गरिए अनुसार, 28 अप्रेल, 2025 मा पुलिस अधिकारीहरूले नियमित सोशियल मिडिया जॉंचको क्रममा 'कमिरुल कमिरुल' युजर नेम भएको एकाउन्टबाट एउटा भिडियो अपलोड गरिएको पाए, जसमा पहलगाम आतङ्कवादी हमलाको निम्ति भारत सरकारलाई दोषी ठहराइएको थियो। यसरी नै भिडियोमा भारतीय सेना र देशको सुरक्षा प्रणालीबारे पनि आपत्तिजनक टिप्पणी गरिएको थियो।

उक्त भिडियोले समाजमा अशान्ति फैलाउन सक्ने र देशकै सुरक्षा र एकतामाथि पनि खतरा उत्पन्न गर्न सक्ने पुलिसले सम्भावना व्यक्त गरेको छ। यस क्रममा नाम्ची पुलिसले उक्त फेसबुक एकाउन्ट विरुद्ध भारतीय न्याय संहिता, 2023 को धारा 152 र धारा 196 (1) अन्तर्गत मामिला दर्ता गरेर कारबाही शुरू गऱ्यो।

जॉंचपछि पुलिसले उक्त फेसबुक अकाउन्ट कोमिरुल हक नामक व्यक्तिको रहेको थाहा पाए। 37 वर्षीय आरोपी व्यक्ति मूल रूपमा पश्चिम बंगालको उत्तर दिनाजपुर निवासी हुन् भने अवगत 9-10 देखि नाम्ची बजारको सेन्ट्रल ब्याङ्क अफ् इण्डिया छेउमा बस्दै आएका थिए। उनी पेशाले एक श्रमिक हुन्।

पुलिसले आरोपी हकलाई पक्राउ गरेको छ र जॉंचको निम्ति मोबाइल फोन पनि जफत गरेको छ। हकले यो भिडियो किन पोस्ट गरे र यसमा अन्यहरू पनि सामेल छन् कि छैनन् भन्ने पत्तो लगाउन पुलिसले जॉंच गरिरहेको छ।

हिन्दुस्थान समाचार / बिशाल


 rajesh pande