शिमलाः छिमेकीले 5 वर्षीय बालिकासित गऱ्यो दुष्कर्म, आरोपी पक्राउ
rape-siliguri


शिमला, 10 अप्रेल (हि.स.)। शिमलाको शान्त वातावरणमा पाँच वर्षीय दुधमुखे बालिकासित दुष्कर्म भएको घटना सामु आएको छ। लज्जास्पद कुरा के छ भने छिमेकमा बस्ने 19 वर्षीय युवकमाथि यस कुकृत्यको आरोप लागेको छ। यो घटना शहरको सदर थाना क्षेत्र अन्तर्गत भएको हो। घटनालाई लिएर पीड़िताकी आमाले महिला पुलिस स्टेशनमा सिकायत दर्ता गराएकी छन्।

उनले बताइन्, आरोपीले उनीहरूकी छोरीलाई कुनै बहाना बनाएर बोलायो अनि उसित घृृणित कार्य गऱ्यो। पुलिसले तत्काल कारबाही गर्दै आरोपी युवकलाई हिरासतमा लिएर गहन जाँचबुझ गरिरहेको छ।

पुलिसले आरोपीमाथि भारतीय न्याय संहिता (बीएनएस)- को धारा 64, 65(2) औ पोक्सो अधिनियमको धारा 4 अन्तर्गत मामिला दर्ता गरेको छ। पीड़िताको स्थानीय अस्पतालमा चिकित्सकीय परीक्षण भइरहेको छ।

डीएसपी सिटी बिक्रमले बिहीवार बताए, आरोपीलाई हिरासतमा लिएर जाँचबुझ भइरहेको छ। चिकित्सा रिपोर्टको प्रतीक्षा छ। उनले बताए, आरोपी पीड़िताको छिमेकी हो र उसको उममेर लगभग 19 वर्ष हो। पुलिसले मामिलाको गहन अऩुसन्धान गरिरहेको छ साथै हरेक पाटो र पक्षको ध्यानपूर्वक जाँच गरिरहेको छ।

स्मरण गराइन्छ, शिमलामा केही दिनदेखिको बालिका अनि महिलाहरूसित भएको अपराधमा वृद्धि देखिएको छ। हालैमा शहरमा 24 वर्षीय युवतीसित छिमेकीले नै दुष्कर्म अनि ब्ल्याकमेल गरेको घटना सामु आएको थियो। यसकोसाथै अप्पर शिमलाको जुब्बल थाना क्षेत्रमा तीन वर्षीय अबोधसित दुष्कर्म भएको हुनसक्ने आशंका परिवारले व्यक्त गरेको थियो। यस घटनामा बालिकाका पिताले आफ्नै हजुरबुवा (आमातिरको)-माथि दुष्कर्म गरेको आशंका व्यक्त गर्दै पुलिस मामिला दर्ता गराएका छन्।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande