सुन व्यापारीबाट लाखौँ मूल्यका गहनाको लूट
सुन व्यापारीबाट लाखौँ मूल्यका गहनाको लूट


कामरूप (असम), २३ सेप्टेम्बर (हि.स.)। कामरूप (ग्रामीण) जिल्लाको बैहाटा चाराली क्षेत्रमा डकैतहरूको एक समूहले आभूषण व्यापारीलाई लूटेको घटना सार्वजनिक भएको छ। पुलिसले बुधवार बताए अनुसार, मंगलवार राति पेस्तोल देखाएर पाँच जना हतियारधारीले डकैती गरेका थिए।

अलंकार ज्वेलर्सका मालिक प्रवीण चन्द्र डेकाको घर अगाड़ी पाँच जना हतियारधारीले डकैती गरेका थिए। डकैतहरूले व्यापारीसँग रहेको नगदका साथै सुनका गहनाले भरिएको झोला लिएर घटनास्थलबाट फरार भए।

घटनाको जानकारी पाएलगत्तै पुलिसको टोली घटनास्थलमा पुग्यो। डकैतीको घटना सीसीटीभी क्यामेरामा कैद भएको बताइएको छ। त्यसकै आधारमा प्रहरीले प्राथमिकी दर्ता गरी डकैतीमा संलग्न सबै आरोपीको खोजी तीव्र पारेको छ।

हिन्दुस्थान समाचार / भवानी थामी


 rajesh pande