धान पिट्न गएका युवकको शव खेत नजिक फेला
ेे


उन्नाव, १९ नोभेम्बर (हि.स.)। उत्तर प्रदेशको उन्नाव जिल्लाको औरास थाना क्षेत्र अन्तर्गत बिहिवार बिहान सबेरै गाउँ बाहिर खेत नजिक एक युवकको शव फेला परेको छ। स्थानीय बासिन्दाको सूचनापछि पुलिस घटनास्थलमा पुगेर निरीक्षण गरेको थियो। मृतकको घाँटीमा चोटका निशान फेला परेका छन्। पुलिसले शवलाई कब्जामा लिएर पोस्टमार्टमका लागि पठाएको छ।

औरास थाना क्षेत्र अन्तर्गत महबूब खेड़ा गाउँ निवासी अम्बालालका २५ वर्षीय छोरा करन खेतीपातीको काम गर्थे। बुधवार उनी खेतमा धान पिट्नका लागि घरबाट निस्केका थिए। तर, अबेर रातिसम्म पनि घर नफर्किएपछि परिवारका सदस्यहरू चिन्तित भए। बिहिवार बिहान राम सजीवनको खेत नजिक उनको शव फेला परेको थियो।

गाउँलेहरूले यसबारे परिवारलाई जानकारी गराए। घटनाको सूचना पाएपछि पुलिस पनि घटनास्थलमा पुगेको थियो। पुलिसले घटनास्थलको निरीक्षण गर्दा मृतकको घाँटीमा चोटका निशान फेला पारेको थियो। त्यसपछि शवलाई पोस्टमार्टमका लागि पठाइएको छ।

बांगरमऊका सीओ हर्षले युवकको शव गाउँबाहिर खेत नजिक फेला परेको बताए। पोस्टमार्टम रिपोर्ट तथा अन्य अनुसन्धानका आधारमा आवश्यक कारबाही गरिने उनले जानकारी दिए।

मृतक दुई दाजुभाइमध्ये कान्छा थिए। उनका दाजु अर्जुन हुन्। अर्जुनकी पत्नी सोनालीले बताए अनुसार, देवर करन धान पिट्नका लागि घरबाट निस्किएका थिए तर रातिसम्म घर फर्किएनन्। बिहान घटनाबारे जानकारी प्राप्त भएपछि परिवारमा रुवाबासी मच्चिएको छ। पुलिसले घटनाको अनुसन्धान गरिरहेको छ।

/ बिशाल


 rajesh pande