
गुवाहाटी, १९ नोभेम्बर (हि.स.)। असममा लागुऔषध तस्करी विरुद्ध अभियान चलाउँदै रेलवे पुलिसले लामडिङ रेलवे स्टेशनबाट २५ किलो गाँजा जफत गरेको छ। यस सिलसिलामा एक महिला सहित दुई जना कथित तस्करलाई पक्राउ गरिएको छ।
प्राप्त आधिकारिक जानकारी अनुसार, रेलवे पुलिसको टोलीले अगरतला–सियालदह कञ्चनजङ्घा एक्सप्रेसमा तलासी अभियान चलाएको थियो। यस क्रममा लगभग २५ किलोग्राम गाँजा जफत गर्नुका साथै दुई जनालाई नियन्त्रणमा लिइएको छ। पक्रा परेको आरोपीहरूको पहिचान अगरतलाका निवासी अभिजीत देव र अनामिका देवका रूपमा गरिएको छ।
पुलिसले यस तस्करी गिरोहका अन्य सदस्यहरूको खोजी तीव्र बनाएको छ। घटनाको अनुसन्धान जारी छ। साथै, गिरोहको सञ्जाल र लागुऔषध आपूर्तिको स्रोत पत्ता लगाउने प्रयास भइरहेको छ।
/ बिशाल