
बलरामपुर, २३ सेप्टेम्बर (हि.स.)। रामानुजगञ्ज थाना पुलिसले गोदामबाट फलामे पाइप चोरी गरेको मामिलामा दुई आरोपीलाई पक्राउ गरी जेल पठाएको छ। पुलिसले बुधवार कारबाही गर्दै कनकपुर निवासी रफीक अन्सारी (२५) र तालिब अन्सारी (३४) लाई पक्राउ गरेको हो।
पुलिस अनुसार, तामेश्वर नगर निवासी अनुज कुमार प्रजापति (१९) ले २२ सेप्टेम्बरमा थानामा लिखित उजुरी दिएका थिए। उजुरीमा १७ र १८ सेप्टेम्बरको मध्यरातमा तालिब अन्सारी, रफीक अन्सारी तथा उनीहरूका अन्य साथीहरूले कनकपुर स्थित गोदाममा प्रवेश गरी १२ वटा फलामे पाइप चोरी गरेको उल्लेख थियो। चोरी भएका पाइपको अनुमानित मूल्य लगभग २४ हजार रुपियाँ रहेको बताइएको छ।
उजुरीका आधारमा पुलिसले भारतीय न्याय संहिताको धारा ३०५, ३३१(४) र ३(५) अन्तर्गत मुद्दा दर्ता गरी अनुसन्धान शरु गर्यो। अनुसन्धानका क्रममा पुलिसले आरोपीहरूसँग सोधपुछ गरेको थियो। पुलिस अनुसार, आरोपीहरूले दिएको बयान तथा उनीहरूको निशानदेहीका आधारमा चोरी गरिएका फलामे पाइप जफत गरिएको छ।
पुलिसले दुवै आरोपीलाई विधिवत् रूपमा पक्राउ गरी न्यायिक हिरासतमा अदालतमा पेश गर्यो। अदालतको आदेशपछि उनीहरूलाई जेल पठाइएको पुलिसले जनाएको छ।
हिन्दुस्थान समाचार / भवानी थामी