अनलाइन ठगीको मामिला बढ्दै
अनलाइन ठगीको मामिला बढ्दै


गान्तोक, 06 मार्च (हि.स.)। सदर थानामा फेरि एउटा साइबर क्राइमको मामिला दर्ता भएको छ। राजधानीको तादोङ निवासी एक व्यक्तिले अनलाइन ठगीलाई लिएर शिकायत दर्ता गराएका छन्।

पुलिस रिपोर्टमा उल्लेख गरिए अनुसार, तादोङ निवासी एक 47 वर्षीय व्यक्तिलाई केही महिनाअघि बुलिश इण्डिया कम्पनीका एक कर्मचारीले फोन गरेर ट्रेडिङमा निवेश गर्न लगाएका थिए। ट्रेडिङ गर्न शुरू गरेपछि उनलाई शुरूवातमा केही नाफा पनि भएको थियो। उनले विभिन्न समयमा 4.5 देखि 5 लाख रूपियॉं निवेश गरे। तर, अहिले नाफा पाउने समयमा उक्त कम्पनीका कर्मचारीहरूबाट राम्रो प्रतिक्रिया पाएका छैनन्। कर्मचारीहरूले कमिशनको माग गरिरहेको उनले सदर थानामा शिकायत दर्ता गरेका छन्।

पुलिसले बीएनएस 2023 को धारा 319(2)/318(2)/112(2)/111(2)(बी) अन्तर्गत मामिला दर्ता गरेर जॉंच शुरू गरेको छ।

हिन्दुस्थान समाचार / बिशाल


 rajesh pande