गान्तोक, 23 मई (हि.स.)। उत्तर सिक्किमको लाचुङ क्षेत्रमा गश्तीको क्रममा छु जंक्शन नजिकै भएको एक दुर्घटनामा वीरगति प्राप्त गरेका भारतीय सेनाका अधिकृत लेफ्टिनेन्ट सशांक तिवारीप्रति सिटिजन एक्सन पार्टी (सीएपी) सिक्किमले श्रद्धाञ्जलि अर्पण गरेको छ।
सीएपी सिक्किमले आज जारी प्रेस विज्ञप्तिमा उच्च हिमाली क्षेत्रमा राष्ट्र सेवाको कर्तव्य निर्वाह गरिरहेका तिवारीले वीरगति प्राप्त गरेको बताइएको छ। उद्धार प्रयास तत्काल शुरु गरिए तापनि उनको जीवन जोगाउन नसकिएन सीएपी सिक्किमले बताएको छ। उनको पार्थिव शरीर सेनाको प्रक्रिया अनुसार सिलगुढीस्थित सैनिक अस्पतालमा स्थानान्तरित गरिएको छ।
सीएपी सिक्किमले यो दुर्घटना केवल सेनाका लागि मात्र होइन, सम्पूर्ण राष्ट्रका लागि अपूरणीय क्षति हो भनी बताएको छ। लेफ्टिनेन्ट तिवारीले देखाएको कर्तव्यपरायणता, साहस र राष्ट्रप्रतिको निस्वार्थ समर्पण अमर रहने विज्ञप्तिमा उल्लेख छ।
सीएपी सिक्किमले दिवंगतप्रति भावपूर्ण श्रद्धाञ्जलि अर्पण गर्दै पीडित परिवारजन, उनका सहकर्मीहरू तथा सम्पूर्ण भारतीय सेनाप्रति हार्दिक समवेदना प्रकट गरेको छ।
हिन्दुस्थान समाचार / बिशाल