गान्तोक, 23 मई (हि.स.)। राजधानीको नर बहादुर भण्डारी डिग्री कलेज, तादोङका सहायक प्राध्यापक डा. कृष्ण शर्माले आज सिक्किमका राज्यपाल ओम प्रकाश माथुरसॅंग शिष्टाचार भेट गरे।
डा. शर्मा असम लिङ्गजे निवासी हुन्। उनले हालैमा 'इन्स्टेबिलिटीज इन सेमीकण्डक्टर क्वाण्टम प्लाज्मा इन द प्रेजेन्स अफ् इलेक्ट्रिक एण्ड म्यागनेटिक फील्ड्स' मा शोध गरेर सिक्किमको पहिलो शोधार्थीको रूपमा पीएचडी प्राप्त गरेका छन्। उनको शोधले क्वाण्टम डिभाइसेज, एण्टेना, सेन्सर र अर्धचालक तकनीकमा नवाचारको नयॉं सम्भावनाहरू खोलिएका छन्।
राज्यपालले उनको शैक्षिक उपलब्धिको सराहना गरे र उनको भविष्यमा अनुसन्धान एवं शिक्षण कार्यको निम्ति शुभकामना दिए। उनले विज्ञानको क्षेत्रमा उनको योगदानलाई महत्वपूर्ण बताउॅंदै उनको शोधले भविष्यमा तकनीकी विकास र नवाचारलाई प्रोत्साहित गर्ने आशा व्यक्त गरे।
डा. शर्मालाई आगामी सिक्किम मणिपाल विश्वविद्यालय दीक्षान्त समारोहमा डाक्टर अफ् फिलोसफी (पीएचडी) को उपाधि प्रदान गरिने बताइएको छ।
हिन्दुस्थान समाचार / बिशाल