गान्तोक, 23 मई (हि.स.)। राज्य सूचना एवं जनसम्पर्क (आईपीआर) विभागले सिक्किमको 50औं राज्य स्थापनाको अवसरमा सिक्किम@50 अन्तरविद्यालय प्रश्नोत्तर प्रतियोगिता आयोजना गरिरहेको छ। सरकारी र निजी क्षेत्रका उच्चतर माध्यमिक विद्यालयहरूलाई लिएर आयोजित यस प्रतियोगिता अन्तर्गत अनलाइन प्राथमिक चरणमा 120 विद्यालय सहभागी बने।
कडा छनौट प्रक्रियापछि छवटा जिल्लाबाट एक एकवटा विद्यालयले फाइनलमा स्थाना सुनिश्चित गर्न सफल बनेको छ। गान्तोक जिल्लाबाट साम्दोङ उच्चतर माध्यमिक विद्यालय, पाकिम जिल्लाबाट एकलव्य आदर्श आवासीय विद्यालय, पारखा, गेजिङ जिल्लाबाट बोङ्गतेन उच्चतर माध्यमिक विद्यालय, नाम्ची जिल्लाबाट बर्मेक टोकल उच्चतर माध्यमिक विद्यालय, मंगन जिल्लाबाट फुदोङ उच्चतर माध्यमिक विद्यालय र सोरेङ जिल्लाबाट बढियाखोप उच्चतर माध्यमिक विद्यालय सामेल छन्।
हिन्दुस्थान समाचार / बिशाल