गान्तोक, 23 मई (हि.स.)। भारतका प्रधानमन्त्री नरेन्द्र मोदी आगामी 29 मईका दिन सिक्किम आउने भएका छन्। प्रधानमन्त्रीले राजधानीको पाल्जोर स्टेडियममा आयोजना गरिने कार्यक्रममा भाग लिनेछन्। यहॉं अहिले प्रधानमन्त्रीको आगमनलाई लिएर व्यापक तयारी चलिरहेको छ।
मुख्यमन्त्रीका राजनीतिक सचिवद्वय जेकब खालिङ र बिकास बस्नेत, मुख्यमन्त्रीका प्रेस सचिव योगेन तामाङ र एसकेएम पार्टीका वरिष्ठ नेतृत्वहरूले आज सॉंझ पाल्जोर स्टेडियमको भ्रमण गरेर कार्य प्रगतिको जानकारी लिए। नृत्य पूर्वाभ्यासदेखि लिएर र सार्वजनिक बस्ने ठाउँसम्मको तयारी सहज र कुशलतापूर्वक अगाडि बढिरहेको एसकेएमले विज्ञप्तिमा बताएको छ।
सिक्किमका जनता 50औं राज्य स्थापना दिवसको भव्य उत्सवको उत्सुकताका साथ प्रतिक्षा गरिरहेका छन्, जहॉं राष्ट्रका सबैभन्दा प्रिय र दूरदर्शी नेता प्रधानमन्त्री नरेन्द्र मोदीको उपस्थिति रहने एसकेएमले बताएको छ। यो कार्यक्रमले सिक्किमको गौरव र एकतालाई प्रतिबिम्बित गर्छ भनी सुनिश्चित गर्न मुख्यमन्त्री स्वयंले सम्पूर्ण प्रक्रियालाई नजिकबाट निगरानी र मार्गदर्शन गरिरहेको पनि एसकेएमले बताएको छ।
हिन्दुस्थान समाचार / बिशाल