मुख्यमन्त्री तामाङ 'राइजिङ नर्थइस्ट इन्भेस्टर्स समिट 2025' मा सहभागी बने
मुख्यमन्त्री तामाङ 'राइजिङ नर्थइस्ट इन्भेस्टर्स समिट 2025' मा सहभागी बने


गान्तोक, 23 मई (हि.स.)। मुख्यमन्त्री प्रेमसिंह तामाङ आज नयाँ दिल्लीको प्रतिष्ठित भारत मण्डपममा आयोजित राइजिङ नर्थइस्ट इन्भेस्टर्स समिट 2025 मा सहभागी बने। मुख्यमन्त्रीले यस महत्वपूर्ण कार्यक्रमलाई भारतको उत्तरपूर्वी क्षेत्रको लागि विकास, अवसर र समृद्धिको नयाँ अध्याय आकार दिने दिशामा एक प्रमुख कदम बताएका छन्।

सम्मेलनको उद्घाटन भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले गरेका थिए। यस अवसरमा केन्द्रिय सञ्चार तथा उत्तरपूर्वी क्षेत्र विकास मन्त्रालयका मन्त्री ज्योतिरादित्य सिन्धिया र आठैवटा उत्तरपूर्वी राज्यका मुख्यमन्त्रीहरूको उपस्थिति थियो।

प्रधानमन्त्रीले आफ्नो सम्बोधनमा राइजिङ नर्थइस्ट केवल एक निवेश शिखर सम्मेलन होइन, यो हाम्रो क्षेत्रको विशाल सम्भावनालाई उजागर गर्ने उद्देश्य रहेको एक परिवर्तनकारी आन्दोलन रहेको बताए। प्रधानमन्त्रीले पूर्वाधार विकास, नवप्रवर्तन, उद्यमशीलता र समावेशी वृद्धिको महत्त्वमाथि प्रकाश पार्दै यसले उत्तरपूर्वलाई भारतको आर्थिक प्रगतिको प्रमुख इन्जिन बन्न मद्दत गर्नेछ भनी बताए।

मुख्यमन्त्रीले उत्तरपूर्वी राज्यहरूको समग्र विकासप्रति केन्द्रको प्रतिबद्धताबाट गहिरो रूपमा प्रोत्साहित बनेको आज सामाजिक सञ्जालमा उल्लेख गरेका छन्। उनले यो प्लेटफर्मले हाम्रो क्षेत्रलाई राष्ट्रिय र विश्वव्यापी लगानीकर्ताहरूसँग मात्र जोड्दैन, तर हाम्रा जनताको लागि जीवन्त, आत्मनिर्भर र दिगो भविष्य निर्माण गर्ने हाम्रो सामूहिक संकल्पलाई पनि बलियो बनाउँछ भनी बताएका छन्।

उनले सिक्किम यस साझा दृष्टिकोणको हिस्सा हुन पाउँदा गर्व गर्दछ भन्दै राज्यका किसान, युवा, उद्यमी र समुदायलाई फाइदा पुग्ने नयाँ साझेदारी र अवसरहरूको उपयोग गर्न तत्पर छौं भनेका छन्।

हिन्दुस्थान समाचार / बिशाल


 rajesh pande