नयाँ दिल्ली, 24 मई (हि.स.)। दिल्ली विधानसभामा नेता प्रतिपक्ष औ आम आदमी पार्टी (आआपा)- की नेता आतिशीले शनिवार राजधानीमा व्याप्त जल संकटलाई लिएर मुख्यमन्त्री रेखा गुप्तालाई पत्र लेखिन्। उनले पत्रमा बताइन्, आआपका सबै विधायकहरूले जंल संकटको मुद्दामा मुख्यमन्त्रीसित चर्चा गर्नका लागि समय मागेका छन्। यस पत्रलाई आतिशीले एक्समा पोस्ट गरेकी छन्।
आतिशीले लेखेकी छन्, दिल्लीमा पानीको आपूर्ति कम भइरहेको छ। मानिसहरू ट्यांकरको माध्यमबाट पानी भर्न बाझ्य भइरहेका छन्। शहरका कुना-काप्चामा मानिसहरू पानीको अभावलाई लिएर चिन्तित छन्। ट्यांकर अगाड़ि लामबद्ध महिला, बाल्टी र मटका बोकेर पानीको प्रतीक्षा गरिरहेका बाल-बालिकाहरू देखिँदैछ। पिउने पानीको अभावमा मानिसहरूले बजारबाट बोतलको पानी खरिद गरिरहेका छन्। अहिले त मई महिना मात्र चलिरहेको छ, गर्मीको असली रूप देखिन बाँकी नै छ। तथापि दिल्लीमा पानीको संकट देखिँदैछ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा