बीर लाचित सेनाका नेता श्रृंखल चालिहा रिहा
बीर लाचित सेनाका नेता श्रृंखल चालिहा रिहा


शिवसागर (असम), 24 मई (हि.स.)। बीर लाचित सेना नामक संगठनकानेता श्रृंखल चालिहालाई अन्ततः रिहा गरियो। डिब्रुगढ़ पुलिसको एक टीमले गए राति श्रृंखल चालिहालाई उनको फुकन नगरस्थित आवासमा छोड़िदियो। श्रृंखल चालिहा कड़ा सुरक्षाबीच आफ्नो घरमा पुगे।

यसबीच रिहाईपछि पहिलो प्रतिक्रिया दिँदै श्रृंखल चालिहाले भने, बाहिरका मानिसहरूको विरोधमा संघर्ष जारी रहनेछ। उनले तनु शाहीलाई पक्राउ अनि शंकर ज्योतिलाई तत्काल रिहा गर्नुपर्ने माग समेत राखे।

ज्ञात रहोस्,गए शुक्रवार डिब्रुगढ़ जिल्लाको दुलियाजानमा विरोध प्रदर्शन गर्न गइरहेको बेला पुलिसले श्रृंखल चालिहा र उनका समर्थकहरूलाई हिरासतमा लिएको थियो।

---------------

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande