घरदेखि केही टाड़ामा भेटियो बेपत्ता युवकको शव
घरदेखि केही टाड़ामा भेटियो बेपत्ता युवकको शव


दक्षिण 24 परगना, 24 मई (हि.स.)। दक्षिण 24 परगनाको क्यानिंगमा हाटपुकुरिया पञ्चायत अधिनस्थ भोलेया गाउँमा शनिवार बिहान एक जना युवकको रगताम्मे शव भेटियो। पुलिस सूत्र अनुसार मृतकको नाम शकिरूल मोल्ला (27) हो। आरोप छ, शकिरुलको छिमेकीसित जमीनलाई लिएर विवाद भइरहेको थियो। मृतकको परिवारको आरोप छ, छिमेकीले नै उसको हत्या गरिदिएको हो। पुलिसले घटनाको जाँच शुरू गरेको छ।

प्राप्त जानकारी अनुसार शकिरुलको उसको छिमेकी मिया मण्डलसित डेढ़ लाख रुपियाँको जमीन सम्बन्धि लेनदेन थियो। मृतकको भाइले आरोप लगाए, शकिरुल मोल्ला गए शुक्रवार साँझदेखि बेपत्ता भएका थिए। रातभरि विभिन्न स्थानहरूमा खोजतलास गरियो, तर कतै पत्तो लागेन। शनिवार बिहान शव उसको घर नजिकै लड़िरहेको भेटियो। उसको हात र खुट्टामा धेरै वटा चोटका निशानहरू थिए। मृतक परिवारको आरोप छ, शकिरूललाई अपहरण गरी हत्या गरियो। मिया मण्डल, मिजानुर मण्डल र मोसिउर मण्डलले यो काम गरेका हुन्।

घटनाको जानकारी पाउनसाथ क्यानिंग थानाबाट पुलिस घटनास्थलमा पुग्यो। शवलाई उद्धार गरी पोस्टमर्टम गर्न पठाइदियो। घटनापछि आरोपीहरू भागेका छन्। पुलिसले घटनाको जाँच शुरू गरेको साथै आरोपीहरूलाई पनि खोजिरहेको छ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande