नयाँ दिल्ली, 24 मई (हि.स.)। दिल्लीका बाहिरी उत्तरी जिल्ला अन्तर्गत बवाना औद्योगिक क्षेत्रमा आज बिहान एक प्लास्टिक फ्याक्ट्रीमा आगो लाग्यो। यस अवधि विस्फोटक पनि भयो जसबाट फ्याक्ट्रीको केही भाग भत्कियो। तथापि यस घटनामा अहिलेसम्ममा कुनै प्रकारको जनहानि भएको समाचार प्राप्त भएको छैन।
दमकल विभागका निदेशक अतुल गर्ग अनुसा बिहान लगभ 4:50 बजे सूचना प्राप्त हुनसाथ दमकलका 17 वटा वाहनहरूलाई घटनास्थलमा पठाइयो। राहत अनि बचाउ कार्य अवधि फ्याक्ट्रीमा भएको विस्फोटले फ्याक्ट्रीको केही भाग भत्किएको छ। फ्याक्ट्रीको आकाशमा धुवाँको मुस्लो देख्न सकिन्छ। आगलागीको कारण स्पष्ट हुन सकेको छैन। यो समाचार लेखुञ्जेलसम्म पनि आगोलाई निभाउने कार्य जारी थियो।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा