सरकारी अधिकारीको रूपमा बुजुर्ग महिलाबाट असुली गर्ने ठग समातियो
सरकारी अधिकारीको रूपमा बुजुर्ग महिलाबाट असुली गर्ने ठग समातियो


नयाँ दिल्ली, 24 मई (हि.स.)। दक्षिणी जिल्लाको डिफेन्स कलोनी थाना पुलिसले आफूलाई सरकारी अधिकारी बताएर एकजना बुजुर्ग महिलाबाट डेढ़ लाख रुपियाँ असुल गरेको आरोपमा तौसिफ राजालाई पक्राउ गरेको छ। पुलिसले उसको कब्जाबाट घटनामा उपयोग गरिएको बाइक, मोबाइल फोन र 28,500 रुपियाँ नगद जफ्त गरेको छ।

दक्षिण जिल्लाका डीसीपी अंकित चौहानले शनिवार बताए, 76 वर्षीय बुजुर्ग महिला डिफेन्स कलोनीको डी-ब्लकमा बस्छन्। उनले गत 20 मईमा पुलिसलाई सिकायत गरिन्, गत 9 मईमा एकजना व्यक्ति उनको घरमा आयो अनि आफूलाई बागवानी विभाग औ एमसीडीको अधिकारी बतायो। उसले नाली सफा नरहेको बताउँदै 50 हजार रुपियाँको चालान काट्ने अनि बिजुली कनेक्शन काट्ने धम्की दियो। त्यसपछि यो मामिलालाई मिलाउनको लागि 25 हजार रुपियाँको माग गऱ्यो। डरले गर्दा महिलाले उसलाई सबै रकम दिइन्।

त्यसपछि गत 13 मईमा उक्त व्यक्ति फेरि आयो अनि 50 लाख रुपियाँको माग गऱ्यो। यो धनराशि नपाए उनको छोराको विवाहमा बाधा दिने धम्की दियो। डरको कारणले महिलाका पतिले मोदी मिल फ्लाईओभर नजिक उसलाई 1.5 लाख रुपियाँ फेरि दिए। पैसा पाएर पनि आरोपीले धम्काउन छोड़ेन। पुलिसले पीड़िताको बयानमा मुद्दा दर्ता गऱ्यो। डीसीपी अनुसार एसएचओ सञ्जय शर्माको निगरानीमा पुलिस टीमले मामिलाको जाँच शुरू गऱ्यो।

पुलिस टीमले सयभन्दा अधिक सीसीटीभीको फुटेज जाँच गरेर, मोबाइल कलको डिटेल्स र तकनिकी सर्भिलान्सबाट आरोपीलाई चिन्हित गरी उसलाई ओखलाबाट समात्यो। जाँचमा थाहा लाग्यो, आरोपीले शाहिन बागमा प्रोपर्टी एजेन्टको रूपमा काम गर्छ र यसअघि पनि धोकाधड़ीको आरोपमा सामेल रहिसकेको छ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande