घरमा आगलागी, तीनजना जलेर घाइते
घरमा आगलागी, तीनजना जलेर घाइते


नयाँ दिल्ली, 24 मई (हि.स.)। दिल्लीको लाहौरी गेटस्थित फर्श खाना क्षेत्रको एउटा घरमा आगो लाग्यो। खबर पाउनसाथ स्थानीय पुलिस अनि दमकलका पाँचवटा वाहनहरू घटनास्थलमा पुगे। घटनामा एकजना अबोध सहित तीनजना मानिसहरू जलेर घाइते भएका छन् जसलाई पुलिसले तुरून्त नजिकैको अस्पतालमा भर्ती गरायो। दमकलकर्मीहरूले एक घण्टाभित्रमा आगोलाई नियन्त्रण गरे। हाल पुलिसले आगलागीको कारण पत्तो लगाउन जाँच गरिरहेको छ।

अग्निशमन विभाग अनुसार भोर बिहान साढ़े तीन बजे दमकल कन्ट्रोल रूमलाई सूचना प्राप्त भयो, फर्स खाना क्षेत्रस्थित एउटा घरमा आगो लागेको छ। सूचना पाए लगत्तै दमकलका पाँचवटा वाहनहरूलाई घटनास्थलमा पठाइयो। यस घटनामा तीनजना मानिसहरू जलेर घाइते भएका छन् जसको पहिचान अनस (13), अहमद (18) र शाहनवाज (30)- को रूपमा भएको छ।

दमकलकर्मीहरूले एक घण्टाभित्रमा आगोलाई नियन्त्रण गरे। दमकल अधिकारीहरू अनुसार आगो ग्राउण्ड फ्लोरमा बिजुलीको मीटर बोर्ड र एउटा बाइकमा लागेको थियो जसले गर्दा तीनजना मानिसहरू जले। पुलिसले आगलागीको कारण पत्तो लगाउन जाँच गरिरहेको छ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande