कोलकाता, 24 मई (हि.स.)। भारतीय जनता पार्टी (भाजपा)-को आईटी सेलका प्रमुख औ पश्चिम बंगालको लागि पार्टीका केन्द्रिय पर्यवेक्षक अमित मालवीयले कोलकाता पुलिसद्वारा सोशल मीडिया मञ्च एक्स (पूर्वमा ट्विटर)-लाई पठाइएको नोटिसलाई लिएर प्रश्न उठाएका छऩ्। यो नोटिस उनको एउटा पुरानो पोस्टको सन्दर्भमा पठाइएको थियो जसमा उनले मुख्यमन्त्री ममता ब्यनर्जी र उनका भतिज अभिषेक ब्यनर्जीबीच कथति सत्ता संघर्षको उल्लेख गरेका थिए।
अमित मालवीयले गए शुक्रवार अबेर साँझ एक्समा एक बयान जारी गरी भनै, “मलाई एक्सबाट जानकारी प्राप्त भएको छ कि कोलकाता पुलिसले मेरो एउटा पोस्टको सम्बन्धमा सूचना प्रौद्योगिकी कानून (आईटी एक्ट)- को उल्लंघन भएको बताउँदै नोटिस पठाएको छ। तर जनतालाई यो कुरा बताउनु अनिवार्य छैन र आखिर कुन चाहिँ प्रावधान उल्लंघनभित्र परेको छ?”
मालवीयले कोलकाता पुलिस कमिश्नर मनोज कुमार वर्मालाई सल्लाह दिए, उनले यस्ता मामिलाहरूको सट्टामा आफ्नो फोर्सलाई बढ़ी महत्वपूर्ण तथा प्रडोक्टिभ कार्यमा लगाउन्।
वास्तवमा गत 8 मईमा आफ्नो पोस्टमा अमित मालवीयले तृणमूल कंग्रेस महासचिव अभिषेक ब्यनर्जीलाई ‘भाइपो’ औ ‘खोकाबाबू’ भनेर सम्बोधन गरेका थिए। उनले लेखेका थिए, “एकातिर ममता, अर्कोतिर भाइपो, सत्ताको संघर्ष असली हो! तर यसको मूल्य कसले कुचाइरहेको छ? बंगालका आम जनताले।”
उनले यो पनि आरोप लगाएका थिए, अभिषेक ब्यनर्जी राज्यका तमाम ठूल्ठूला घोटालाहरूसित जोड़िएका छन्। आगामी वर्ष 2016-मा जनताले उनलाई जवाफ दिनेछन्। आफ्नो बयानमा मालवीयले अझ लेखेका छन्, “बंगालले अहिलेसम्ममा धेरै सहिसकेको छ। आगामी वर्ष 2026-मा बंगाल जाग्नेछ अनि ‘पिशी-भाइपो’- को सत्ता लोलुपताको षड़यन्त्रलाई असफल बनाइदिनेछ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा