एलआईसीले 24 घण्टाभित्रमा सर्वाधिक जीवन बीमा पोलिसी बेच्नेको गिनीज वर्ल्ड रेकर्ड बनायो
एलआईसीले 24 घण्टाभित्रमा सर्वाधिक जीवन बीमा पोलिसी बेच्नेको गिनीज वर्ल्ड रेकर्ड बनायो


नयाँ दिल्ली, 24 मई (हि.स)। सार्वजनिक क्षेत्रको बीमा कम्पनी भारतीय जीवन बीमा निगम (एलआईसी)-ले ठूलो उपलब्धि हासिल गरेको छ। कम्पनीले 24 घण्टाभित्रमा सबैभन्दा अधिक जीवन बीमा पोलिसी बेचेको गिनीज़ वर्ल्ड रेकर्ड (जीडब्ल्यूआर)- को खिताब हासिल गरेको छ। बीमा कम्पनीका एजेन्टहरूले 20 जनवरी, 2025-मा भारतमा रेकर्ड 5,88,107 जीवन बीमा पोलिसी बेचेका थिए।

जीवन बीमा कम्पनीले शनिवार एक बयानमा बतायो, भारतीय जीवन बीमा निगमलाई यो घोषणा गर्दा गर्व महसूस भइरहेको छ कि उसले 24 घण्टाभित्रमा सबैबन्दा अधिक जीवन बीमा पोलिसी बेचेकोमा गिनीज़ वर्ल्ड रेकर्ड्सको खिताब जीतेको छ। एलआईसीका एजेन्टहरूले गत 20 जनवरी, 2025-का दिन सम्पूर्ण भारतमा रेकर्ड 5,88,107 जीवन बीमा पोलिसी बेच्यो।

जीवन बीमा कम्पनीले भन्यो, 20 जनवरी, 2025-मा एलआईसीका 4,52,839 एजेन्टहरूले सारा भारतमा 5,88,107 जीवन बीमा पोलिसी सफलतापूर्वक पूरा गरे अनि जारी गरे। यस बेजोड़ प्रयासले 24 घण्टाभित्रमा जीवन बीमा उद्योगमा एजेन्ट उत्पादकताको लागि एक नयाँ वैश्विक मानक स्थापित गरेको छ।

जीवन बीमा पोलिसीको यो रेकर्ड बिक्री प्रत्येक एजेन्टसित मेड मिलियन डे अर्थात 20 जनवरी, 2025-मा न्यूनतम एउटा पोलिसी पूरा गर्ने अपीलको एक भाग थियो। कम्पनीको यो उपलब्धि 24 घण्टाकोअवधिमा जीवन बीमा उद्योग एजेन्ट उत्पादकताकोलागि एक नयाँ वैश्विक बेञ्चमार्क हो।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande