अदालतको आदेशलाई अवहेलना गर्ने सल्लाह दिनु नोक्सानदेही भयो, उच्च अदालतबाटै वकिल पक्राउ
अदालतको आदेशलाई अवहेलना गर्ने सल्लाह दिनु नोक्सानदेही भयो, उच्च अदालतबाटै वकिल पक्राउ


कोलकाता, 24 मई (हि.स.)। कलकत्ता उच्च अदालतमा एक अभूतपूर्व घटना सामु आएको छ जहाँबाट एकजना वकिललाई अदालतको अवमानना तथा न्यायाधीशविरूद्ध आपत्तिजनक टिप्पणी गरेको आरोपमा कोर्ट रूमबाटै पक्राउ गरियो। आरोपी वकिलको नाम अरुणांशु चक्रवर्ती हो जसलाई चार दिनको न्यायिक हिरासतमा पठाइएको छ।

मामिला रवीन्द्रभारती विश्वविद्यालयका एकजना प्रोफेसरसित सम्बन्धित थियो जसको पक्षवाट वकिल अरूणांशु चक्रवर्तीले उच्च अदालतमा वकालत गरेका थिए, तर प्रोफेसरलाई यसमा हारको सामना गर्नुपऱ्यो। आरोप छ, फसेलापछि वकिलले आफ्नो मुवक्किललाई अदालतका निर्देशहरूलाई अदेखा गर्ने सल्लाह दिए। यति मात्र नभएर उनले न्यायाधीश कौशिक चन्द्रको विरोधमा आपत्तिजनक टिप्पणी पनि गरे।

सूत्र अनुसार वकिलले तर्क राखे, फसेला आएपछि कतिपय मानिसहरूले अदालतको निर्देशलाई पालन गर्दैनन्, तर पनि कुनै कारबाही हुँदैन। उनले आफ्नो मुवक्किलसित भने, कोर्टको आदेश पालन गर्न आवश्यक छैन। यसप्रकारको बयानले न्यायपालिकाको गरिमामा प्रश्नचिन्द लगाइदियो।

हाई कोर्टसित सम्बन्धित एकजना अधिकारीले शनिवार बताए, गए शुक्रवार यो मामिला पुनः न्यायमूर्ति कौशिक चन्द्रको अदालमा पेश भयो। उनले सम्पूर्ण घटनाक्रमलाई सुनेपछि कड़ा रोष व्यक्त गरे अनि तत्काल कोर्ट रूमबाट वकिललाई पक्राउ गर्ने आदेश दिए। सोही समय पुलिसले वकिललाई हिरासतमा लिएर उनलाई जेल पठाउने प्रक्रिया पूरा गऱ्यो।

पहिला पनि विवादहरूमा घेरिसकेका छन्-भनिन्छ, यो पहिलो घटना होइन जतिबेला वकिल अरूणांशु चक्रवर्ती न्यायिक हप्काईको शिकार भएका छन्। यसपूर्व पनि धेरैपटक उनका टिप्पणी अनि कार्यशैलीप्रति अदालतले असन्तुष्टि व्यक्त गरिसकेको छ।

यस सम्पूर्ण घटनाक्रमबाट वकिलहरूमाझ तथा न्यायिक जगतमा चर्चा चुलिेको छ। कोर्टको यस कड़ा कदमलाई एउटा कड़ा सन्देशको रूपमा हेरिँदैछ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande