कामरूप (असम), 24 मई (हि.स.)। पाकिस्तान जिन्दाबाद औ पाकिस्तानलाई नोक्सान पुऱ्याए मुख्यमन्त्रीको हत्या गर्ने धम्की दिने बरपेटा जिल्लाको काहिकुची निवासी चांगसारीलाई पुलिसले शनिवार पक्राउ गरेको छ।
पक्रा पर्ने रसिदले फेसबुकमा नोकरीको विज्ञापन दिएर धेरैजना मानिसहरूबाट पैसा असुल्थ्यो। साथै नोकरीको पुष्टि गर्ने नाममा ओटीपी संग्रह गर्थ्यो अनि पछि त्यसैको आधारमा फेसबुकमा नक्कली अकाउण्ट खोल्थ्यो। अकाउण्ट खोलेपछि उसले मानिसहरूलाई विभिन्न प्रकारले ब्ल्याकमेल गरेर जालमा फसाउन शुरू गर्थ्यो।
चतुर ठग रसिद अनुसार काम गर्नको सट्टा नक्कली फेसबुक अकाउण्ट खोलेर पैसा कमाउँथ्यो। साथै धेरैवटा देशहरूको विरोधमा टिप्पणी पनि लेख्ने गर्दछ। चांगसारी क्षेत्रकी एकजना युवतीलाई नोकरीको प्रलोभन देखाएर आफ्नो जालमा फसाउने चेष्टा गरिरहेको बेला चांगसारी पुलिसले उसलाई समात्यो। पुलिस मामिलाको जाँचमा जुटेको छ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा