सिलगढ़ी, 24 मई (हि.स)। नक्सलबाड़ीको कलाबाड़ी क्षेत्रमा हात्तीको हमलामा एक जना व्यक्तिले ज्यान गुमाए। मृतकको नाम पोश बहादुर छेत्री हो जो नक्सलबाड़ीको मिरजंगलाका निवासी थिए। प्राप्त जानकारी अनुसार गए शुक्रवार अबेर राति दुईवटा हात्ती कलाबाड़ी जंगलदेखि निक्लेर आवासीय क्षेत्रमा पस्यो। यस अवधि घर बाहिर बसेका पोश बहादुर छेत्रीमाथि हात्तीले हमला गऱ्यो जसबाट उनको घटनास्थलमै मृत्यु भयो।
घटनाको खबर पाउनसाथ नक्सलबाड़ी, पानीघट्टा चौकीको पुलिस औ वन विभागीय कर्मचारीहरू घटनास्थलमा पुगे। घटनाको कारणले क्षेत्रमा तनाउ व्याप्त भयो। पछि पुलिसले शवलाई कब्जामा लिएर नक्सलबाड़ी अस्पतालमा पठाइदियो। शनिवार शवलाई पोस्टमर्टम गर्नको लागि उत्तर बंगाल मेडिकल कलेज एवं अस्पतालमा पठाइदिएको छ। यससम्बन्धमा पानीघट्टा वन विभागका रेञ्जर समीरन राजले बताए, हात्तीको हमलामा एक जना व्यक्तिको मृत्यु भयो। मृतक परिवारलाई आर्थिक सहयोग दिनेछ। साथै क्षेत्रमा फेन्सिंग र बिजुलीको व्यवस्था पनि गरिनेछ। वन विभागको गस्ती बढ़ाइनेछ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा