मामाको श्राद्धमा सामेल हुन आएका भाञ्जा धनसिरी नदीमा डुब्यो
मामाको श्राद्धमा सामेल हुन आएका भाञ्जा धनसिरी नदीमा डुब्यो


गोलाघाट (असम), 23 मई (हि.स.)। गोलाघाट जिल्लान्तर्गत शालमारा महखुटीमा आज एक दुःखदायी घटना भएको सामु आएको छ। घटना अनुसार मामाको श्राद्ध संस्कारमा सामेल हुन आएका भाञ्जा धनसिरी नदीमा डुब्यो। नदीमा डुब्ने युवकको पहिचान बोकाखातको कलाखोवा निवासी मनीष बिश्वकर्मा (21)- को रूपमा भएको छ।

जानकारी अनुसार शनिवार बिहान मनीष श्राद्धको पिण्डदान गर्नका लागि आफन्तहरूसित नदीको किनारमा पुगेका थिए। पछि सबैजना नदीमा स्नान गर्न लागे, यसै अवधि मनीष अचानक नदीमा डुबेर बेपत्ता भए।

सूचना पाउनसाथ गोलाघाट र ढेकियाल पुलिस घटनास्थलमा पुग्यो। अहिलेघरि एसडीआरएफको टीमले बचाउ कार्य शुरु गरेको छ। अन्तिम सूचना पाउन्जेलसम्म पनि युवकको बारेमा पत्तो लाग्न सकेको थिएन। धनसिरी नदीको किनारमा सयकड़ौं मानिसहरूको भीड़ एकत्र भएको छ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande