आईपीएल फाइनल म्याचलाई ईडन गार्डनबाट स्थानान्तरण गरेकोमा विरोध प्रदर्शन
आईपीएल फाइनल म्याचलाई ईडन गार्डनबाट स्थानान्तरण गरेकोमा विरोध प्रदर्शन


जलपाइगढी, 24 मई (हि.स)। क्रिकेट प्रशंसकहरूले आईपीएल फाइनल म्याचलाई ईडन गार्डनबाट स्थानान्तरण गरिएको विरोधमा व्यापक प्रदर्शन गरे। जलपाइगढीमा शनिवार क्रिकेट प्रेमी मञ्चको पक्षबाट आईपीएलको फाइनल म्चायलाई स्थानान्तरण गरिएकोमा विरोध व्यक्त गरियो।

यस अवधि क्रिकेट प्रशंसकहरूले जलपाइगढी शहरका विभिन्न स्थानहरूमा पोस्टर टाँसे। प्रशंसकहरूको दाबी छ, आईपीएलको नियम अनुसार यस वर्षको आईपीएलको शुरूआती तथा फाइनल म्याच पछिल्लो वर्षको च्याम्पियन टीमको घरेलु मैदानमा हुनु तय छ। कोलकाता नाइट राइडर्स पछिल्लो साल आईपीएलको च्याम्पियनथियो। त्यसैले नियमानुसार फाइनल म्याच ईडन गार्डनमा हुनुपर्छ, तर यसलाई अकारण स्थानान्तरण गरिएको छ।

प्रशंसकहरूको आरोप छ, बीसीसीआईले यो फसेला राजनीतिक दबावमा आएर लिएको प्रतीत भइरहेको छ। क्रिकेट प्रशंसकहरूले माग गरेका छन्, फाइनल म्याचलाई पुनः ईडन गार्डनमा ल्याइयोस्।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande