धुबड़ी (असम), 24 मई (हि.स.)। धुबड़ी जिल्लाको गौरीपुरमा ड्रग्स सहित एकजना तस्करलाई पक्राउ गरिएको छ। पुलिसले शनिवार बतायो, गौरीपुर थाना क्षेत्र अन्तर्गत चाँदेर गाउँ (प्रथण खण्ड)-मा धुबड़ी पुलिसले प्रतिबन्धित ड्रग्स विरोधी अभियान संचालन गऱ्यो।
यसै अभियानको क्रममा पुलिसले दुईवटा साबुनदानीमा राखिएको भारी मात्रामा ड्रग्स, 155 वटा खाली कन्टेनर तथा 94,510 रुपियाँ नगद जफ्त गऱ्यो। यस मामिलामा एकजना तस्करलाई पनि पक्राउ गरिएको छ जबकि अर्को तस्कर भाग्न सफल भयो। पक्रा पर्ने तस्करको पहिचान गरैमारीको चाँदेर गाउँ प्रथम खण्ड निवासी अबु रोशन हुसैन सरकारको रूपमा भएको छ। पुलिसले सम्पूर्ण मामिलाको जाँच गरिरहेको छ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा