डेडलाइन सोमवारः शिक्षामन्त्रीसित भेट भएन भने शिक्षकहरूले आन्दोलनलाई अझ तीव्र बनाउने
डेडलाइन सोमवारः शिक्षामन्त्रीसित भेट भएन भने शिक्षकहरूले आन्दोलनलाई अझ तीव्र बनाउने


कोलकाता, 24 मई (हि.स.)। एसएससी (स्कूल सर्भिस कमिशन)- को नियुक्तिमा अनियमितताको कारणले नोकरीबाट बर्खास्त गरिएका शिक्षक-शिक्षिकाहरूले फेरि शिक्षा मन्त्री ब्रात्य बसुसित भेट गर्ने माग उठाएका छन्। यी शिक्षकहरूको भनाइ स्पष्ट छ, यदि आगामी सोमवारसम्म शिक्षामन्त्रीले भेट गर्ने समय दिएनन् भने उनीहरू व्यापक आन्दोलनको मार्गमा जान बाध्य हुनेछन्।

शनिवार पत्रकारहरूसित बातचित गर्दै प्रदर्शनकारी शिक्षकहरूले बताए, उनीहरूले शिक्षामन्त्रीलाई धेरै पटक ई-मेल गरिसकेका छन् साथै औपचारिक रूपमा पत्र पनि सुम्पिसकेका छन्। तथापि अहिलेसम्म कुनै प्रतिक्रिया आएको छैन, न त भेट गर्ने समय दिइएको छ।

प्रदर्शनकारीहरूको भनाइ छ, उनीहरू आफ्नो समस्या तथा भविष्यको अनिश्चिततामाथि चर्चा गर्नका लागि शिक्षामन्त्रीसित प्रत्यक्ष बातचित गर्न चाहन्छन्। उनीहरूले आरोप पनि लगाएका छन्, सरकारले बारम्बार उनीहरूलाई अदेखा गरिरहेको छ जबकि उनीहरूले न्याय अनि रोजगार बहालीको माग मात्र गरिरहेका छन्।

एकजना प्रदर्शनकारीले भने, हामीले कुनै विशेष माग गरिरहेका छैनौं, मात्र त्यो नोकरी फिर्ता चाहन्छौं जसलाई हामीले आफ्नो परिश्रमले हासिल गरेका थियौं। यदि अहिले पनि सरकार मौन बस्यो भने सोमवारपछि आन्दोलनलाई तीव्रता दिन हाम्रो बाध्यता हुनेछ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande