चोरीको आरोपी पक्राउ, चोरीका मोबाइल फोन र कपड़ा जफ्त
चोरीको आरोपी पक्राउ, चोरीका मोबाइल फोन र कपड़ा जफ्त


गुवाहाटी, 24 मई (हि.स.)। राजधानीको बशिष्ठ थाना पुलिसले चोरीको एक मामिलामा कारबाही गर्दै एकजना चोरलाई पक्राउ गरेको छ। आरोपीको पहिचान बिक्की दास (25)- को रूपमा भएको छ। उसको स्थायी ठेगाना मिर्जा, जनता प्रेस, बाबूपाड़ा हो भने उ वर्तमानमा आमबारी फटासीलको चम्पक नगर, गणेशपाड़ामा बस्दै आइरहेको थियो।असम पुलिस मुख्यालयद्वारा आज जारी एक बयानमा बताइएको छ, पुलिसले आरोपीबाट एउटा चोरीको मोबाइल फोन र अपराधमा गर्दा लगाएको कपड़ा जफ्त गरेको छ। पुलिसले बतायो, आरोपीलाई अग्रिम कानूनी कारबाही गर्नको लागि हिरासतमा लिइएको छ। पुलिसले मामिलाको जाँच शुरू गरिसकेको छ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande