कोलकाता, 24 मई (हि.स.)। वीरता, स्वाभिमान औ मातृभूमिप्रति अद्वितीय समर्पणका प्रतीक महाराणा प्रतापको 486औं जयन्ती आगामी 29 मईमा कोलकातामा पनि मनाइनेछ। यस अवसरमा राजस्थान परिषद एवं अखिल भारतीय क्षत्रीय समाजको संयुक्त तत्वावधानमा कोलकातामाविशेष श्रद्धाञ्जलि कार्यक्रम आयोजना गरिँदैछ।
राजस्थान परिषदका महामन्त्री अरुण प्रकाश मल्लावतले बताए, हरेक वर्ष झैं यस वर्ष पनि कोलकाता महानगरमा स्थापित महाराणा प्रतापका दुवै प्रतिमामा माल्यार्पण गरी स्वाधीनताका यस अमर सेनानीलाई श्रद्धासुमन अर्पण गरिनेछ। कार्यक्रमको आयोजन ज्येष्ठ शुक्ल तृतीया, सम्वत 2082 -को अवसरमा गरिँदैछ।
यस दिन शेक्सपियर सरणी औ सेन्ट्रल एभेन्यूको महाराणा प्रताप क्रसिंगमा विशेष कार्यक्रमको आयोजन गरिनेछ। मल्लावतले कोलकातावासीहरूसित आग्रह गरेका छन्, उनीहरू यस आयोजनमा अधिकभन्दा अधिक संख्यामा सम्मिलित भएर मातृभूमिको लागी जीवन समर्पण गर्ने राष्ट्र गौरव महाराणा प्रतापलाई श्रद्धाञ्जलि अर्पण गरून्।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा