हत्याको मामिलामा दुई नाबालिक पुलिसको कब्जामा
हत्याको मामिलामा दुई नाबालिक पुलिसको कब्जामा


नयाँ दिल्ली, 24 मई (हि.स.)। उत्तरी जिल्लाको बुराड़ी क्षेत्रमा दिउँसै एकजना नाबालिकको हत्या गरेको मामिलामा क्राइम ब्राञ्चले दुईजना नाबालिकहरूलाई पक्राउ गरेको छ। क्राइम ब्राञ्चका डीसीपी आदित्य गौतमले शनिवार बताए, गत 22 मईमा दुईजना युवकहरूले मुकुन्दपुर निवासी एकजना नाबालिकमाथि चक्कुले प्रहार गरेका थिए।

घटनापछि घाइते किशोरलाई अस्पताल लगियो जहाँ डाक्टरहरूले उपचारको क्रममा उसलाई मृत घोषित गरिदिए। यस सम्बन्धमा मुराड़ी थाना पुलिसले मुद्दा दर्ता गऱ्यो। त्यसपछि स्थानीय पुलिस र क्राइम ब्राञ्चले ममिलाको जाँच शुरू गऱ्यो।

यसबीच हत्यारोपी नाबालिकहरूलाई धौला कुवा क्षेत्रमा देखिएको पुलिसलाई सूचना प्राप्त भयो। त्यसपछि पुलिसले जाल थापेर दुवैलाई समात्यो। जाँचबुझमा दुवैले आफ्नो अपराध स्वीकार गरे। पुलिसले हत्यामा प्रयोग गरिएको चक्कुलाई पनि जफ्त गऱ्यो।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande