गुवाहाटी, 24 मई (हि.स.)। पान बजार फ्यान्सी बजार थाना तथा सेन्ट्रल पुलिस जिल्लाको एसओजी टीमको संयुक्त कारबाहीमा फ्यान्सी बजारस्थित चार नम्बर रेलवे गेट, उषामती क्षेत्रबाट दुईजना मानिसहरूलाई पक्रउ गरियो।
पक्रा पर्ने युवकहरूको नाम आनन्द झा (28) र मेनुउल हक उपनाम राहुल (19) रहेको बताइएको छ। टीमले यिनीहरूबाट संदिग्ध हेरोइन, नगद रुपियाँ तथा एउटा चोरीको एलईडी टीभी समेत केही आपत्तिजनक सामग्रीहरू जफ्त गरेको छ।
जफ्त गरिएका सामानहरूमा एउटा पर्सबाट 12 वटा प्लास्टिकको कन्टेनर (सम्भावित हेरोइन पाउडर 15.88 ग्राम), दुईवटा खाली प्लास्टिक वायल, 2,140 रुपियाँ नगद तथा एउटा रातो रंगको पर्सबाट पाँचवा प्लास्टिकको कन्टेनर (सम्भावित हेरोइन पाउडर 6.57 ग्राम), एउटा खाली प्लास्टिक वायल अतिरिक्त एउटा तिरपालको शेडबाट चोरी गरिएको एचडी एलईडी टीभी अनि सेटअप बक्स तथा 29,478 रुपियाँ नगद सामेल छन्। पुलिसले एनडीपीएसएक्ट तथा अन्य सम्बन्धित धाराहरू अन्तर्गत मामिला दर्ता गरी अग्रिम जाँच गरिरहेको छ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा