डब्ल्यूबीएसएससीको नयाँ भर्ती प्रक्रिया शुरू हुन मात्र एक सप्ताह बाँकी, सुप्रीम कोर्टको समय-सीमाको दबाव
डब्ल्यूबीएसएससीको नयाँ भर्ती प्रक्रिया शुरू हुन मात्र एक सप्ताह बाँकी, सुप्रीम कोर्टको समय-सीमाको दबाव


कोलकाता, 24 मई (हि.स.)। पश्चिम बंगाल स्कूल सेवा आयोग (डब्ल्यूबीएसएससी)- द्वारा शिक्षक एवं अशिक्षण कर्मचारीहरूको नयाँ भर्ती प्रक्रिया शुरू गर्नमा अब एक साता मात्र समय रहेको छ। यसबीच भर्ती विज्ञापनको तिथि एवं यसको सम्भावित ब्यौरालाई लिएर अटकलहरू तीव्र भएका छन्।

सुप्रीम कोर्टले गत 3 अप्रेलमा दिएको आदेशमा राज्यका सरकारी स्कूलहरूमा नियुक्त गरिएए 25 हजार 753 शिक्षण औ अशिक्षण कर्मचारीहरूको नियुक्तिलाई रद्द गर्दै डब्ल्यूबीएसएससीलाई निर्देश दिएको थियो, उसले आगामी 31 मईभित्रमा नयाँ भर्तीको लागि विज्ञापन जारी गरोस् अनि आगामी 31 दिसम्बरसम्म सम्पूर्ण भर्ती प्रक्रियालाई पूरा गरोस्।

सूचना विभागीय अधिकारी अनुसार विज्ञापनको प्रारूप तयार छ र राज्य सचिवालय 'नवान्न'-बाट स्वीकृति पाउनसाथ त्यसलाई प्रकाशित गरिनेछ। यस सम्बन्धमा आगामी 31 मईसम्ममा विज्ञापन जारी गर्न राज्य सरकारको लागि अऩिवार्य छ, किनभने तय समय-सीमामा चुक्यो भने राज्य सरकारमाथि अवमाननाको कारबाही हुनसक्छ।

तर अधिकारीले यो कुरा स्पष्ट पारेनन् कि विज्ञापनमा कुन-कुन बिन्दुलाई सामेल गरिनेछ। तर उनले यो भन्न बिर्सिएनन् कि यसपालि पारदर्शिता सुनिश्चित गर्नको लागि आयोगले विशेष कदम उठाइरहेको छ। यसमा लिखित परीक्षाको ओएमआर शीट्सलाई लामो समयसम्म सुरक्षित राख्ने अनि उम्मेद्वारहरूलाई उनीहरूको ओएमआर शीट्सको कार्बन कपी राख्ने अऩुमति दिने जस्ता प्रवाधानहरूमाथि विचार गरिँदैछ।

अब सबैको नजर आगामी 31 मईमाथि अड़िएको छ जतिबेला यो तय हुनेछ, राज्य सरकारले सुप्रीम कोर्टको आदेशलाई पालन गर्नसक्छ कि सक्दैन।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande