नगाउँ (असम), 24 मई (हि.स.)। असमको नगाउँ जिल्लास्थित जेल रोड क्षेत्रमा भयानक आगो लाग्यो। पुलिसले शनिवार बतायो, यो आगो एउटा कपड़ा पसलमा लागेको थियो।
आगोको चपेटमा परेर एकजना महिलाको पीड़ादायी मृत्यु भयो। मृतकाको पहिचान अमरूला खातूनको रूपमा भएको छ। घटनाकोसूचना पाउनसाथ दमकल विभागका दुईवटा वाहन घटनास्थलमा पुगे अनि आगोलाई नियन्त्रण गरे।
आगलागीको कारण अहिलेसम्म पत्तो लागेको छैन। दमकल र पुलिसले जाँच गरिरहेको छ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा