मंगन, 24 मई (हि.स.)। सिक्किम सरकारको वाणिज्य तथा उद्योग विभागले सिक्किम इन्स्पायर्स कार्यक्रम अन्तर्गत मंगनको मंगन नगर पञ्चायत र जिल्ला भवनमा दुई दिवसीय सिक्किम डिजाइन वीक 2025 आयोजना गरिरहेको छ। यस कार्यक्रमको उद्घाटन आज सामाजिक कल्याण विभाग मन्त्री साम्डुप लेप्चाको बाहुलीद्वारा गरियो। यस अवसरमा वाणिज्य तथा उद्योग विभागकी सचिव कर्मा डी. युत्सो, मंगनका जिल्लापाल अनन्त जैन तथा अन्यहरू उपस्थित थिए।
मुख्य अतिथिले कार्यशालाहरूको भ्रमण गर्दै रचनात्मकता र नवीनताको प्रत्यक्ष रूपमा अवलोकन गरे। सिक्किम डिजाइन वीक राज्यको प्रगतिशील दृष्टिकोणको प्रमाण रहेको बताइएको छ, जस अन्तर्गत समकालीन नवप्रवर्तनसँग सम्पदाको मिश्रण, स्थानीय व्यवसायहरूलाई सशक्त बनाउने, र उद्यमशीलतालाई बढावा दिने लक्ष्य लिइएको छ।
हिन्दुस्थान समाचार / बिशाल