पीएम मोदीको भ्रमणको तयारीको मुख्यमन्त्रीका राजनीतिक सचिव बस्नेतले लिए जायजा
पीएम मोदीको भ्रमणको तयारीको मुख्यमन्त्रीका राजनीतिक सचिव बस्नेतले लिए जायजा


गान्तोक, 24 मई (हि.स.)। आगामी 29 मईको दिन देशका प्रधानमन्त्रीको सिक्किम भ्रमणलाई लिएर पाल्जोर स्टेडियममा चलिरहेको तयारीलाई लिएर मुख्यमन्त्रीका राजनीतिक सचिव विकास बस्नेत, मुख्यमन्त्रीका प्रेस सचिव योगेन तामाङ लगायत अन्यहरूले जायजा लिए।

उल्लेखनीय छ, राज्य स्थापनाको 50औं वर्षगाँठ अर्थात स्वर्ण जयन्तीको अवसरमा देशका प्रधानमन्त्री नरेन्द्र मोदी लगायत अन्य केन्द्रिय मन्त्रीहरू सिक्किम आउने तय भएको छ। हालै मुख्यमन्त्री तामाङले दिल्लीमा प्रधानमन्त्री नरेन्द्र मोदी, गृहमन्त्री अमित शाह, रक्षामन्त्री राजनाथ सिंह, लोकसभा अध्यक्ष ओम बिरला, केन्द्रिय वित्तमन्त्री निर्मला सितारमण लगायत अन्यहरूलाई भेट गर्दै स्वर्ण जयन्ती समारोहमा उपस्थित हुनको निम्ति औपचारिकरूपमा निमन्त्रणा दिएका थिए।

हिन्दुस्थान समाचार / प्रदीप


 rajesh pande