एसडीएफद्वारा कञ्चनजङ्घा पर्वतको आरोहणको कडा निन्दा
एसडीएफद्वारा कञ्चनजङ्घा पर्वतको आरोहणको कडा निन्दा


गान्तोक, 24 मई (हि.स.)। सिक्किम डेमोक्रेटिक फ्रण्ट (एसडीएफ) पार्टीले 18 मई, 2025 मा भारतीय सेनाले कञ्चनजङ्घा पर्वतको आरोहण गरेको दाबी गर्दै यसको कडा निन्दा गरेको छ। एसडीएफले यो केवल एउटा पहाड मात्र होइन, यो सिक्किमको पवित्र संरक्षक देवता हो र भोटिया, लेप्चा र सबै सिक्किमी जनताको लागि आध्यात्मिकताको प्रतीक रहेको बताएको छ।

एसडीएफ प्रवक्ता रिक्जिङ नोर्बु दोर्जी भोटियाद्वारा आज जारी बयानमा भनिएको छ, यो कार्य हाम्रो धार्मिक भावना र सांस्कृतिक पहिचानमाथि प्रत्यक्ष आक्रमण हो। एसडीएफ सरकारले 2001 मा आफ्नो पवित्रताको रक्षा गर्न कञ्चनजङ्घामा सबै आरोहणहरूमा प्रतिबन्ध लगाएको थियो। त्यो प्रतिबन्ध सिक्किमको परम्पराको गहिरो सम्मानमा आधारित थियो।

अर्कोतिर, एसडीएफले आरोहणलाई लिएर एसकेएम सरकारको मौनताप्रति आश्चर्य प्रकट गरेको छ। एसडीएफले प्रश्न गरेको छ, यो किन अनुमति दिइयो? कसले अनुमति दियो? सरकारले किन बोलेको छैन? एसडीएफले यस सम्बन्धमा सरकारबाट तत्काल सार्वजनिक स्पष्टीकरणको माग गरेको छ। एसडीएफले यस पवित्र चुचुरोमा कुनै पनि गतिविधिमा पूर्ण प्रतिबन्ध पुनर्स्थापित गर्नुपर्छ भनी बताएका छ।

हिन्दुस्थान समाचार / बिशाल


 rajesh pande